धनुषाधाम विद्युत् चोरीमुक्त नगरपालिका घोषणा

7.9k Shares

काठमाण्डाै – धनुषा जिल्लाकाे धनुषाधाम विद्युत् चोरीमुक्त नगरपालिका घोषणा भएको छ । धनुषाधाम नगरपालिकाको आयोजना र नेपाल विद्युत् प्राधिकरणको संयोजकत्वमा नगरपालिका विद्युत् चोरीमुक्त क्षेत्र घोषणा गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नगरपालिकाका मेयर बालेश्वर मण्डलले शनिवार धनुषाधाममा आयोजित कार्यक्रममा नगरपालिकालाई विद्युत् चोरीमुक्त क्षेत्र घोषणा गर्नुभएको हो । कार्यक्रममा धनुषाधाम नगरपालिका क्षेत्रमा बसोवास गर्ने पिछडिएका तथा आर्थिक रूपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरणसमेत गरिएको छ ।

ऊर्जामापक यन्त्र (मिटर) मार्फत बाहेक विद्युत्को अन्य लाइनबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विद्युत्को लाइन तानेमा वा जडान गर्ने (हुकिङ), मिटरलाई छली विद्युत् प्रयोग गर्ने, मिटर तोडी, नासी, बिगारी वा अन्य कुनै किसिमले क्षति पुर्‍याउने वा सामान्य परिचालन हुन नसक्ने गरी असक्षम बनाउले लगायतका कार्य गरेमा विद्युत् चोरीको कसूर गरेको मानिने कानूनी व्यवस्था छ । चोरीमार्फत अनधिकृत र असुरक्षित रूपमा विद्युत्को प्रयोग गर्दा हरेक वर्ष धनजनको क्षति हुने गरेको छ ।

सम्बन्धित समाचार