सुनको भाउ चार सय रुपैयाँले घट्यो

11.4k Shares

काठमाण्डौ – सुनको भाउ आज चार सय रुपैयाँले घटेको छ । सुनकाे भाउ आज चार सय रुपैयाँले घटेर तोलाकाे एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

लगातार चार दिनदेखि बढेको सुनको भाउ आज केही घटेको हो । हिजो सुनको भाउ तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

सम्बन्धित समाचार