12.8k
Shares
दाङ- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई महाभियोगको धम्की दिएपछि वर्तमान सरकार बनेको दाबी गरेका छन्।
दाङको तुलसीपुरमा आयोजित पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई शुक्रबार सम्बोधनका क्रममा दाहालले राष्ट्रपति पौडेलले संवैधानिक व्यवस्था बमोजिम संविधानको धारा ७६ (३) मा जान चाहँदा पनि कांग्रेस–एमाले नेताहरूको दवाबमा काम गर्नुपरेको जिकिर गरेका हुन् ।
वर्तमान सरकार संविधान मिचेर बनेको दाबी प्रचण्डले गरे । उनले केपी शर्मा ओली नेतृत्वको यो सरकार असंवैधानिक, जनविरोधी र गैरकानुनी रहेको जिकिर पनि गरेका छन् ।