सुनको भाउ तोलामा एक सय रुपैयाँले घट्यो

8.7k Shares

काठमाण्डौ – सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेर एक लाख ५७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ५७ हजार एक सय रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजो जस्तै तोलाको एक हजार आठ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । 

सम्बन्धित समाचार