न्युयोर्क – प्रथम अमेरिकी महिला मेलनिया ट्रम्पले प्रशासनिक जिम्मेवारीको सुरुवात गरेकी छिन् । आफ्नो प्रशासनको चिफ अफ स्टाफ चयन गर्दै उनले कामको सुरुवात गरेकी हुन् । उनले हेरी हेरिसनलाई सो जिम्मेवारी दिएकी हुन् ।
डोनाल्ड ट्रम्पले अर्थ मन्त्रीको जिम्मेवारी स्कट बेसेन्टलाई तोकेका छन् । चुनावी अभियानमा उनले ट्रम्पको अर्थनीति तयार गर्न सहयोग गरेका थिए ।
पछिल्लो समाचार अनुसार ट्रम्प एफबिआई निर्देशकका लागि नयाँ व्यक्तिको खोजीका छन् । यसअघि माइक रोजर्सको चर्चा भए पनि ट्रम्पको भित्री समूह भने यसमा पुर्नविचार गर्न आवश्यक ठान्न थालेको छ ।
केही दिन अघि डेपुटी चिफ अफ स्टाफ डान स्काभिनानले ट्रम्पलाई भेटेर रोजर्सको विकल्पका बारे सल्लाह दिएका थिए । अहिलेका एफबिआई निर्देशक क्रिस्टोफर रेको कार्यकाल तीन वर्ष बाँकी रहे पनि ट्रम्प उनलाई हटाउन चाहन्छन् । यसअघि विवादमा रहेका म्याट गेयट्जको मनोनयन सिनेटले अस्वीकार गरेपछि ट्रम्प बाँकी निर्णय गर्न सावधान रहेको जनाइएको छ ।