काठमाडाैँ । (लैण्ड फर फ्युचर) नामक वातावरण संरक्षणमा समर्पित युवाहरुको संस्थाले विश्व माटो दिवसको अवसरमा बिहीबार काठमाडौंमा एक अन्तर्क्रियाको आयोजना गर्यो ।
एलओएफको पाचौं वार्षिकोत्सवको अवसरमा कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आयोजित सो कार्यक्रमका बोल्दै मिस नेपाल २०२३ सृच्छा प्रधानले माटोमा जन्मेर, माटोमै खेलेर हुर्केका हामीले अहिले माटोको महिमा विर्सेको विचार राख्दै माटो संरक्षणमा युवाहरुले महत्वपूर्ण भूमिका खेल्नपर्ने आवश्यकता औंल्याएकी छन् ।
माटो र पानी मानिसको जीवनको आधार हो तर अहिले दुबैको स्थिति ह्रासोन्मुख छ, जसको कारण मानिसको जीवन जोखिमपूर्ण भएको छ। माटोको विनाशले वातावरण मात्र प्रदूषित गर्ने नभै खाद्य सुरक्षामा चुनौति थप्नुका साथै त्यसले जलवायु परिवर्तनको समस्या पनि निम्त्याउने हुँदा माटोको उचित संरक्षणमा सबैले आआफ्नो क्षेत्रबाट योगदान दिनपर्ने विचार व्यक्त गरे ।