ललितपुरमा गोली चल्यो, लागुऔषध कारोबारी नियन्त्रणमा

18.3k Shares

काठमाडौं-  प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको छ।मंगलबार ललितपुरको झम्सीखेलमा लागुऔषध कारोबारी नियन्त्रणमा लिन गोली चलाउनु परेको हाे।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अविनाश राईलाई नियन्त्रणमा लिएको  प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्र सिंह राठौरले जानकारी दिए।उदयपुर घर भएका राईकाे खुट्टामा गोली लागेको छ। उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ। उनी खतरामुक्त रहेका छन्।

प्रहरीले राईको साथबाट पेस्तोलसहित लागुऔषधसमेत बरामद गरेकाे छ। प्रहरीले उनीबाट ९८५ ग्राम एमफेटामिन आइस नामक लागुऔषध बरामद गरेकाे हाे। प्रहरीका अनुसार राईले उक्त लागुऔषध ५५ लाख रुपैयाँमा डिल गरेका थिए।

Screenshot 2023-12-12 151036.pngScreenshot 2023-12-12 151148.pngScreenshot 2023-12-12 151318.png

सम्बन्धित समाचार