11.9k
Shares
सिरहा । सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ ।
नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल–भारत सीमानजिकै बडियारपट्टी, कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको आइतबार (आज) बिहान मृत्यु भएको हो । भित्री सडकमा आइतबार बिहान ३ बजेतिर जाँच गर्ने क्रममा स्कोरपियोले ठक्कर दिँदा यादव घाइते भएका थिए ।
घाइते यादवलाई उपचारका निम्ति तत्काल लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालमा लगिएको थियो । अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यादव वडहरी बेस क्याम्पका कार्यरत थिए ।