तस्कर र व्यापारीसँग लाइन मिलाउन सशस्त्र एसपी वलीद्वारा सरुवाको मुखमा नयाँ घुमुवा टोलि परिचालन

16.2k Shares

गौर । सशस्त्र प्रहरी बलको रौतहट स्थित गणबाट व्यापारीदेखि तस्करसँग रकम असुली गर्नका लागि नयाँ टोली परिचालन गरिएको छ । एसपी सुर्यसेन वलीले सरूवाको मुखमा नयाँ घुमुवा टोली परिचालन गरेका छन् ।

सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) अनिल सिंहको कमान्डमा एसपी बलीले घुमुवा टोली परिचालन गरेका हुन । उक्त घुमुवा टोलीमा जवानहरू तना सिंह, मुकेश साह, रघुवीर महासेठ छन् । यी घुमुवाहरूले गौर र महादेवपट्टी नाकाबाट तस्करी गर्नेहरू किशोरी यादव रक्सी, किरणीया (महिला ) कपडा, शत्रुधन कपडा, जयप्रकाश कपडाबाट मोटो रकम उठाउँदै आएका छन् । घुमुवाको सेटिङमा यिनीहरूले तस्करीको लाइन पाएका छन् । त्यसैगरी औरय्हा नाकाबाट अमरजीत कपडा, अजय, ओमप्रकाश रक्सी, गान्धी (महिला ) कस्मेटिक, कपडा, छोटेलाल, राजकुमार हार्डवेयर, नेताजी रक्सी, रामदेव चप्पल वालाहरूलाई तस्करीको लाइन दिएर रकम असुली गरिरहेका छन् ।
त्यसैगरी लक्ष्मीपुरबाट सुरेश यादव कपडा र हार्डवेयर, रूपेश रक्सी, रामबिश्वास खैनी पानमसला, ललन चल्ला, ब्रह्मदेव कपडा, पण्डीजी किरानालाई तस्करीको लाइन दिएका छन् । यसरी तस्करीको लाइन दिएकाहरूबाट बाहिनी र गणपति बलीको भाग समेत गरि जनही २० हजारका दरले यी घुमुवाहरूले रकम असुली गर्दै आइरहेका छन् ।

सम्बन्धित समाचार