ओलीको धोकाधडीको बदला लिन बामदेव लागे

15.8k Shares

काठमाडौं । एकता अभियान भन्दै मध्यमार्गी बनेका बामदेव गौतम बदलिएका छन् । अहिले उनले खुलेरै माधवकुमार नेपाललाई साथ दिने भनिसकेका छन् । बोलेपनि औपचारिक रुपमा एमाले छाडेका छैनन् । नेकपा एमालेका निर्वाचित उपाध्यक्ष बामदेव गौतमलाई सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सांसद हुनुले फाइदा मिलेको छ । उनी जुनसुकै दलमा गएपछि सांसद पद रिक्त हुँदैन । त्यसकारण पनि एमाले फुट्दा उनी माधव नेपालको नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादीमा गइहालेनन् ।
गौतमले यसअघि आफू पक्षधर एकता अभियानका नेता कार्यकर्तासँगको छलफलमा एमाले समाजवादी मा जाने घोषणा गरेका थिए । ३ भदौमा उनले भनेका थिए, म माधव नेपाल तिर जान्छु । माधव नेपालले मलाई एमाले र वामपन्थी एकताको जिम्मा दिनुहुन्छ । तर, सचिवालयमार्फत् गौतमले आफू एमालेमै रहेको बताए् । नेकपा एकीकृत समाजवादीको निर्वाचन आयोगले सनाखत गरेको छ । अब पार्टी गठन सुनिश्चित भएकाले गौतमले केही दिनमै निर्णय लिने भएका छन् । सरकारमा कस्को नेतृत्वमा जानेबारे पनि गौतमले स्पष्ट हुनचाहेको बुझिदैछ ।
एमाले बैठकमा राजीनामा दिएर मात्र गौतम नेकपा एस मा जाने तयारी गरेका छन् । उनले माधव नेपाल पक्षमा नजाने घोषणा नगरिसकेकाले प्रक्रिया मिलाएर जान खोजेको बुझिएको छ । गौतम एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकै असन्तुष्ट छन् । विगतमा पार्टी एकताको जिम्मेवारी दिन भन्दा नदिएको भन्दै ओलीसँग रुष्ट छन् । निकटस्थहरुसँग गौतमले भनेका थिए, केपी ओलीलाई म एकता गर्छु जिम्मा दिनुहोस् भन्दा दिनुभएन । माधव नेपालले एकताको जिम्मा दिनुहुन्छ त्यसैले उहाँतिर जान्छु ।
गौतमले पार्टी एकता अभियान अझै चलाउने रणनीति बनाएका छन् । ओलीलाई कमजोर बनाएपछि मात्र एकता सम्भव हुने भएकाले माधव नेपालको पक्षमा जाने निकटस्थसँगको छलफलमा भनेका छन् । उनी कुनै हालतमा ओलीलाई असफल बनाउन लागेका छन् । ओलीलाई पराजित नगरी पार्टी एक नहुने उनको निष्कर्ष छ । त्यसका लागि ओली नेतृत्वको एमालेमा गएर केही गर्न नसकिने ठहर निकालेका छन् । उनले निकटस्थ माझ भनेका थिए, अब हामीले विद्रोह गर्ने हो । अर्को पक्षमा लागेर पार्टी एकताका लागि प्रत्यत्न गर्ने हो । आमनिर्वाचनमा बर्दियाबाट ओलीले हराएको र धोकाधडी गरेको सार्वजनिक रुपमा बोलेका गौतमले कडा कदमहरु चाल्दै जाने भएका छन् । उनको अबको लक्ष्य ओलीविरुद्ध केन्द्रित हुने बुझिएको छ ।

सम्बन्धित समाचार