महाराष्ट्रमा विधानसभा चुनाव जारी, सचिन तेन्दुलकरले पनि गरे मतदान

13k Shares

भारतीय राज्य महाराष्ट्रका सबै २८८ विधानसभा सिट र झारखण्डको दोस्रो चरणमा ३८ सिटका लागि मतदान भइरहेको छ।


भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्रका धेरै क्षेत्रमा बिहानैदेखि मतदान केन्द्रमा मतदाताको ठूलो भीड लागिरहेको छ।

यसैबीच चर्चित क्रिकेटर सचिन तेन्दुलकरले महाराष्ट्र विधानसभा चुनावमा आफ्नो परिवारसहित मुम्बईको एक मतदान केन्द्रमा मतदान गरेका छन्।

साथै रिजर्भ बैंकका गभर्नर शशिकान्त दास र महाराष्ट्रका गभर्नर सीपी राधाकृष्णनले पनि मतदान गरेका छन्।

एनसीपी (शरद पवार गुट) सांसद सुप्रिया सुले, अजित पवार र भाजपा नेता चन्द्रकान्तदा पाटिलले पनि मतदान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

सम्बन्धित समाचार