15.9k
Shares
काठमाडौं, १८ भदौ । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ । श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । २० ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेल ८ रन जोडेर आउट भएका हुन् ।
यसअघि १६ओभरको अन्तिम बलमा भीम सार्की आउट भएका थिए । उनले १७ बलमा ७ रन जोड । नेपालले पहिलो विकेट गुमाउने क्रममा ९.५ ओभरमा ३८ रन जोडेर कुशल भुर्तेल आउट भएका थिए । उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए । २० ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर ९३ रन जोडेको छ ।