दुई दिन स्थिर रहेको सुनचाँदीको भाउ आज बढ्यो

935 Shares

काठमाण्डौ – हिजो र अस्ति दुई दिन स्थिर रहेको सुनचाँदीको भाउ आज तोलामा १ हजार ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो र अस्ति सुन तोलाको २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि बुधवार सुनको भाउ २ हजार ८०० रुपैयाँले बढेको थियो भने सोमबार र मंगलबार भने सुनको भाउ घटेको थियो । सोमबार तोलामा एकैदिन ५ हजार रुपैयाँले घटेर २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै मंगलबार ३ हजार ८०० रुपैयाँले घटेर २ लाख ९० हजार ५०० मा करोबार भएको थियो । कारोबार हुने हप्ताको पहिलो दिन आईतवार सुन ७०० रुपैयाँले बढेर २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।  

यस्तै आज चाँदीको भाउ तोलाको २५ रुपैयाँले बढेको छ । अस्ति र हिजो ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज बढेर तोलाको ४ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

सम्बन्धित समाचार