पूर्व राज्यमन्त्री गुरुङको पहलमा मनाङको सडक तथा पुल निर्माणको रेकी कार्य सुरु

18.1k Shares

मनाङ । मनाङ जिल्लामा गएको बाढी पहिरोले क्षतिग्रस्त पु¥याएको सडक, पुल निर्माणको लागि पूर्व श्रम राज्य मन्त्री तथा नेपाली कांग्रेस मनाङ सभापतिको पहलमा सर्वेक्षण गर्ने कार्य थालनी भएको छ ।
पूर्वश्रम तथा रोजगार राज्यमन्त्री एवं नेपाली कॉग्रेस मनाङका सभापति टेकबहादुर गुरुङसहित सैनिक प्रविधिकको टोली मनाङ पुगी कार्ययोजना अनुसार काम शुरु गरेका छन् ।


पूर्वराज्यमन्त्री एवं नेपाली कॉग्रेस मनाङका सभापति टेकबहादुर गुरुङ, नेपाली सेनाका महासेनानी इञ्जिनीय इन्दीवर गुरुङ, अन्य प्राविधि, मनाङका प्रदेशसभा सदस्य चिन्ताबहादुर घले, सांसद यशोदा सुवेदी गुरुङ, मनाङका प्रमुख जिल्ला अधिकारी बिष्णु लामिछाने, जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी प्रहरी प्रमुख सुवास खड्का र समाजसेवी खामसुङ गुरुङका साथ नेपाली सेनाको हेलिकप्टरबाट गत शुक्रबार बिहान मनाङ पुगेका थिए ।
पूर्वमन्त्री गुरुङको साथमा मनाङ सदरमुकाम पुगेको प्राविधिक टोलीमा नेपाली सेनाको इञ्जीनियर शाखा एवं प्राविधिक प्रमुख महासेनानी इन्दीबर गुरुङ, १४ नम्बर बाहिनी अड्डाका विष्फोटक एडभाइजर अधिकृत, चामेको ट्रसबृज बाधार पार आयोजनाका सहसेनानी कमल बोगटी, विष्फोटक पदार्थ प्लान्ट तथा इक्यूमेन्ट सम्बन्धि विष्लोशक विनोद श्रेष्ठ छन् ।


नेपाली सेनाको विशेष हेलिकप्टरबाट शुक्रबार मनाङ सदरमुकाम चामे पुगेको  प्राविधिक टोलिले
साउन ९ गते शनिबार चामेको ट्रसबृजको रेकी समेत गरेको छ । आज साउन १० गते आइतबार चामेबाट पैदल भ्राताङ्ग पुगी नदीबाट क्षतीग्रस्त सडक क्षेत्रको रेकी गर्नेछ, ११ गते सोमबार चामेबाट पैदल तिमाङ पुगी क्षतीग्रस्त पुल, कल्भर्ट र सडकको रेकी गर्ने छ । 
टोली साउन १२ गते बिहान तिमाङ्गबाट दानक्यू, बगरछाप, धारापानी हुँदै पैदल ताल पुग्ने छ । ताल क्षेत्रमा पुगी मस्र्याङदी नदीले पु¥याएको क्षतीका साथै नदीको धार परिर्वतनबारे रेकी गर्ने छ । त्यसैगरी १३ गते बुधबार बिहान सेनाको प्राविधिक टोली तालबाट लमजुङको बेसीशहर पुग्नेछन् । १४ गते बिहिबार सो टोली बेसीशहरबाट काठमाडौं आउने तालिका रहेको छ  । प्राविधिक टोलीले बेसीशहर–चामे सडक सञ्चालनका लागि सम्पूर्ण प्रतिवेदन तयार गर्ने छ । 


प्राविधिक टोलीको नेतृत्व गरेका नेपाली सेनाका मिलिटेरी इञ्जीनियर सेवाका प्रमुख महासेनानी इन्दीवर गुरुङकै नेतृत्वमा बेसीशहर–चामे मोटोरेवल सडकको ट्रयाक खोल्नेकाम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार