सन्दीपको बयान, सँगै बसेका हौं, बलात्कार होइन

19.7k Shares

काठमाडौं, ३० असोज नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध प्रहरी अनुसन्धान जारी

उनीविरुद्ध पहिलोपटक सात दिन दोस्रोपटक पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको

काठमाडौंस्थित प्रहरी वृत्त गौशालाले उनीविरुद्धको अनुसन्धान अगाडि बढाएको गौशालाकै हिरासत कक्षमा अन्य थुनुवासँगै सन्दीपलाई पनि राखिएको

गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो सन्दीपले भदौ गते होटेल काठमाडौं इनमा लगेर एक नाबालिगमाथि पटकपटक बलात्कार गरेको जाहेरीमा उल्लेख

भदौ गते राति सन्दीप पीडित किशोरीसँग सो होटेलमा प्रवेश गरेको भोलिपल्ट बिहान बाहिरिएको सीसीटीभी फुजेट प्रहरीले फेला पारेको राति ११ बजे प्रवेश गरेर बिहान ६ः५५ मा होटलबाट किशोरीसँगै सन्दीप बाहिरिएको देखिन्छ

सन्दीपले आफु निर्दोष रहेको दाबी गर्दै आएका छन् पीडित किशोरीलाई माइती नेपालको संरक्षणमा राखिएको उनलाई परिवारका सदस्यलाई पनि प्रहरीको उपस्थितिमा मात्रै भेट्न दिइएको बताइएको

सन्दीपले प्रहरीसँगको साबिती बयान उद्धृत गर्दै प्रहरी अधिकारीहरु भन्छन्, माथि आरोप लगाउनेसँग होटलमा गएको सँगै बसेको सत्य हो तर बलात्कार गरेको आरोप झुटो हो राति बसेर बिहान निस्किएका हौं

यसबाहेक सन्दीपले क्रिकेटमै संलग्न व्यक्तिहरुले पनि आफुविरुद्धको योजना बनाएको दाबी गर्दै आएका छन् । उनले आफुमाथि आरोप लगाउनेकै आग्रहमा होटलमा बसेको बताएको पनि एक अधिकारीले दाबी गरे

जाहेरी परेको समयमा सन्दीप जमैकामा थिए उनले सामाजिक सञ्जालमार्फत आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् आफूमाथि आरोप लागेको एक महिनापछि सन्दीप अमेरिकाबाट नेपाल फर्किएका थिए   प्रहरीले उनलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो

सन्दीप उनका कानुन व्यावसायीले योजनाबद्ध तरिकाले फसाइएको जिकिर गर्दै आएका छन्   सन्दीप उनका कानुन व्यावसायीले पीडित भनिएकी किशोरी नाबालिग नभएको जिकिरसमेत गरेका छन् । तर नागरिकतालाई नै कानुनले अन्तिम आधार मान्ने सरकारी कानुन व्यवसायीहरु बताउँछन् उनीहरुका अनुुसार नागरिकता प्रमुख नभई अभियोग प्रमुख हो

सम्बन्धित समाचार