धार्मिक पर्यटकको बसाइँ लम्ब्याउन पदमार्ग निर्माण

10k Shares

फुङलिङ । पाथीभरा क्षेत्र विकास समितिले तीर्थयात्री तथा पर्यटकको बसाइँ लम्ब्याउन पदमार्ग निर्माण गरेको छ । समितिले फुङलिङ नगरपालिका –१० स्थित फुरुम्बुको गुन्द्रेडाँडामा  ‘युमा माङहिम मुन्धुम स्थल पदमार्ग’ निर्माण गरेको हो । 

वार्षिक लाखौँको सङ्ख्यामा पाथीभरा दर्शनका लागि आउने दर्शनार्थीलाई जिल्लामा केही दिनसम्म लम्ब्याउन समितिले बिभिन्न स्थानमा पर्यटकीय पार्कको निर्माण सुरु गरेको छ । जसअन्तर्गत करिब २० लाख रुपियाँको लागतमा गुन्द्रेडाँडामा पदमार्ग निर्माण सम्पन्न गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । 

सम्बन्धित समाचार