कांग्रेसले टुंग्यायो क्रियाशील सदस्यता विवाद

15.4k Shares

काठमाडौं । नेपाली कांग्रेसले ६४ जिल्लामा देखिएको क्रियाशील सदस्यताको विवाद टुंग्याएको छ ।

केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले ७५ जिल्लामध्ये ६४ जिल्लाका विभिन्न वडामा देखिएका विवाद समाधान गरिएको जानकारी दिएको छ । यस्तै ५७ जिल्लामा क्रियाशीलको विवाद समाधान गरेर अन्तिम नामसमेत छापिइसकेको समितिका संयोजक रमेश लेखकले बताए ।

उनकाअनुसार असारभित्रै क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान गरिनेछ । क्रियाशीलबारे देखा परेका विवाद सहमतिमा नै टुंग्याइनेछ ।

सम्बन्धित समाचार