आन्तरिक राजस्वका कर्मचारीको परिचय दिँदै रकम असुल्ने ८ जना पक्राउ

17.7k Shares

काठमाडौं, मंंसिर २५ स् आन्तरिक राजस्व कार्यालयका कर्मचारीको पिरचय दिँदै रकम असुल गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरेर विभागको ड्रेस कोड, नक्कली परिचयपत्र लगाएर काठमाडौंको बसपार्क क्षेत्रका होटल, रेस्टुरेन्ट र पसलबाट रकम असुल गरेको आरोपमा ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

होटल, रेष्टुरेन्ट र पसलले कर नतिरेको भन्दै रकम असुलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पूर्वी नवलपरासीका मीनबहादुर विक, पाँचथर फिदीमकी सिर्जना भट्टराई, अछामकी सागरजंग लुहार, सिन्धुपाल्चोककी प्रमिशा तामाङ, अछामकी दुधकला विक, नुवाकोटकी अञ्जना तामाङ र कञ्चनपुरका राजीव विष्ट र डेबिड धामी रहेका प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

पक्राउ परेकाहरुबाट राजस्व कार्यालयका स्ट्याम्प, लेटरप्याड लगाएत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले जानकारी दिए। 

पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२१ को २४९ को ठगी गर्न नहुने कसुर तथा परिच्छेद–२५ को २७६ को किर्ते गर्न नहुने कसुर मुद्दामा थप अनुसन्धान भइरहेको उनले बताए । 

सम्बन्धित समाचार