साउन १ गतेदेखि सोताङमा सुत्केरीलाई एम्बुलेन्स सेवा निशुल्क

17.2k Shares

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाले सुत्केरी महिलाहरूलाई एम्बुलेन्स सेवा निशुल्क दिने भएको छ ।  गाउँपालिकाले आर्थिक वर्षको पहिलो दिन साउन १ गतेबाटै लागू हुने गरि पालिका भरिका सुत्केरी महिलाका लागी एम्बुलेन्स सेवा निशुल्क गरेको हो  ।

आपतकालीन अवस्थामा पालिका भित्रका स्वास्थ्य संस्था आउन जान सहज होस भन्न्ने हेतुले पालिका भरिका महिलाहरूका लागी एम्बुलेन्स सेवा निशुल्क गरेको गाउँपालिका अध्यक्ष खिलाराज बस्नेतले बताए। गत असार ९ गते बसेको सोताङ गाउँपालिकाको कार्यपालिका बैठकले साउन १ गते देखी लागू हुने गरि गाउँपालिका भित्र  एम्बुलेन्स सेवा र शव बाहन निशुल्क गर्ने निर्णय गरेको थियो  ।

सोही बामोजिम गाउँपालिकामा आजबाट शव बाहन सेवा पनि निःशुल्क भएको छ ।  गाउँपालिका हाता भित्रमात्र लाने पुर्याउने गरी आज बाट शव बाहन सेवा पनि निशुल्क गरिएको गाउँपालिकाले जनाएको छ ।  गाउँपालिका बाहिर जानु परेमा एम्बुलेन्स तथा शव बाहन दुवैको भाडा लाग्ने गाउँपालिकाले जनाएको छ ।  

सम्बन्धित समाचार