15.1k
Shares
काठमाडौँ । चाडपर्वमा परदेशिएकाहरू जसरी पनि घर आउँछन् । त्यसमाथि दसैँ–तिहारमा घर फर्किनेको संख्या अत्यधिक हुन्छ । तर, यहीबिचमा परदेश जानेको संख्या भने निकै बढी देखिन्छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार कात्तिक महिनामा मात्रै ४३ हजार ६२२ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जसमा पुनः श्रम स्वीकृति लिएकाहरू समेत रहेको विभागले जनाएको छ ।
श्रम स्वीकृति मात्रै लिनेको संख्या भने कात्तिकमा २४ हजार ७८ जना छन् । जसमा २० हजार ३६२ पुरुष र ३ हजार ७१६ महिला रहेका छन् ।