सुनचाँदीको मूल्य सामान्य बढ्यो

15.5k Shares

काठमाडौं । सुनचाँदीको मूल्य सामान्य बढेको छ । सुन तोलामा ४ सयले बढेको छ भने चाँदी पाँच रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको भाउ तोलाको ९० हजार ४ सय कायम गरेको छ । आइतबार तोलाको ९० हजार रुपैयाँ कायम गरिएको थियो । 

यस्तै तेजावी सुनको भाउ पनि बढेर ८९ हजार ९५० कायम भएको छ । चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १२ सय ९५ पुगेको महासंघले जनाएको छ । 

सम्बन्धित समाचार