8k
Shares
काठमाडौँ । राष्ट्रिय सभा सांसद भगवती न्यौपानेले अन्तर्राष्ट्रिय स्तरका समुन्द्रमा जल यातायात सञ्चालन आवश्यक रहेको बताएकी छन् ।
सोमबार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा बोल्दै उनले पाँच दशक अघि नेपालमा अन्तर्राष्ट्रिय स्तरका समुन्द्रमा जल यातायात सञ्चालनका कानुन बनेता पनि जल यातायात सञ्चालन नभएको तर्क गरिन् ।
साथै उनले कन्टेनरबाट आयात गर्दा लाग्ने ढुवानी खर्च जोगिने उनले तर्क गरिन् ।
न्यौपानेका अनुसार कन्टेनरबाट आयात गर्दा देशको कुल खर्चमध्ये २५ प्रतिशत ढुवानी खर्च हुँदै आएको छ । पानीजहाजबाट आयात गर्दा ३ खर्व बढी ढुवानी खर्च जोगाउन सकिन्छ ।