कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत

18.1k Shares

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् ।

बिहीबारको प्रदेश सभामा कँडेलले २३ मत पाएका हुन् । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ सांसद उपस्थित थिए ।

जसमध्ये विश्वासको मतको पक्षमा २३, विपक्षमा ११ र १ मत तटस्थमा परेको छ ।

कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् ।

यसैगरी राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एकएक सांसद छन् ।

कँडेल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए 

सम्बन्धित समाचार