- डी.बी. नेपाली
बाँकी भाग ६.
बि.स. २०१७ सालकाे "कु " पछि शक्तिशाली बनेका राजा महेन्द्रले काँग्रेस,कम्युनिस्टका नेताहरु जेल काेचेर निरंकुश पञ्चायति शासन लाधेकै कारण काँग्रेस र कमुनिस्ट पार्टी र उनिहरुकाे विचारसंग सहमत जनताकाे बीच राजा महेन्द्र तानाशाहकाे रुपमा चिनीन थालेर काँग्रेस र कम्युनिस्टष्ट उनकाे बिरुद्ध आन्दाेलन गर्ने याेजना बनाउन थाले,काँग्रेसले भारतमा बसेर आन्दाेलनकाे तयारी गर्न थाल्याे भने कम्युनिस्ट भने भूमिगत रुपमा आन्दाेलनकाे तयारीमा लागे,नेपालका कम्युनिस्टले शिक्षक र बिद्यार्थी माझ कम्युनिस्ट विचार या साम्यवादी सत्ताकाे स्थापना गर्नकाे लागि निर्दलिय पञ्चायती व्यवस्था र याे व्यवस्ता चलाउने राजा देश र जनताकाे एक नम्बर दुश्मन हाे र यसलाई नमासेसम्म देश र जनताकाे मुहार फेरिन्न भन्दै भुमिगत आन्दाेलन, नेपाली काँग्रेसले पनि शसस्त्र संघर्ग भन्दै राजा महेन्द्र माथि बम प्रहार लगायत बिराेध बढ्न थालेकाे र राजा महेन्द्र प्रति आम नागरिक र बिश्वभरमा बदनाम हुन थालेकाे महशुस गरेर केही सुधारका काम लगायत बिभिन्न आराेपमा राजबन्दी बनाएका नेताहरुलाई जेलमुक्त गर्न थाले २०२४ साल ,पुस २४ गते गिरिजा प्रसाद काेइराला, २०२५ साल कात्तिक ४ गते विशेश्वर प्रसाद काेइराला र गणेशमान सिंह श्रेष्ठ,२०२६ चत १४ गते कृष्ण प्रसाद भट्टराइहरु जेलमुक्त गर्दा राजा महेन्द्रकाे प्रसंसा हुन थाले पनि काँग्रेस, कम्युनिष्टकाे पञ्चायती व्यवस्था र राजतन्त्र बिरुद्धकाे आन्दाेलन राेकिएन, जनकपुरकाे बम काण्ड,२०२७ सालकाे पूर्वमा भएकाे वर्ग शत्रु सफाया अभियान लगायत राजतन्त्र बिरुद्धका आन्दाेलन झन चर्किदै गयाे भने बि.स. २०२८ साल माघ १७ गते राजा महेन्द्रकाे स्वर्गाराेहण भए पछि साेही दिन बीरेन्द्र बीर बिक्रम शाहलाई राजा घाेषणा गरियाे र २ बर्ष पछि बि.स. २०३१ साल फागुन १२ गते राज्याभिषेक भयाे । राजा वीरेन्द्र वीरबिक्रम शाह ,दार्जिलिङ्गकाे सेन्ट जाेसेफ स्कुल,,संयुक्त राज्यकाे इटन कलेज, जापानकाे टाेकियाे विश्व बिद्यालय,हार्वर्ड विश्व विद्यालयहरुमा अध्ययन गरेका थिए, उनि असल थिए र महेन्द्र जस्ताे कडा थिएनन्, उनि लिबरल थिए भन्ने छ ।
राजा वीरेन्द्रले पञ्चायती व्यवस्था खासै फेरबदल गरि नचलाए पनि महेन्द्र जस्ताे कडा नहुँदा राजनीतिक दल र ती दलका नेताहरु जनता माझ गएर जनतामा राजतन्त्रकाे बिरुद्ध संघर्ष गर्न संगठित गर्ने कार्यमा सक्रिय भएर लागि परे उता भारतले लामाे समयकाे प्रयास पछि २०३२ साल जेठ २ गते लेन्डुब दाेर्जेलाई आफ्नु कठपुतली बनाएर उल्लु बनाउदै सिक्किमलाई आफ्नु २२साैं राज्य बनाउन सफल भयाे भने भारतले सिक्किम हड्पेकाे बिराेधमा नेपालमा बिद्यार्थीहरुले भयंकर ठुलाे आन्दाेलन गरे,२०३५ साल चैत २४ गते पाकिस्तानी प्रधानमन्त्री जुल्फिकार अली भुट्टाेलाई फाँसी दिएकाे बिरुद्ध हजाराैं बिदयार्थीकाे सडकमा जुलुस र पाकिस्तानी दुतावासमा बिराेध पत्र बुझाउन जाँदा भयंकर दमन, २०३५ सालमै भक्तपुरकाे सुर्य विनायकमा राधेश्याम जाेन्सेकाे आयाेजनामा भेला जसमा कृष्ण प्रसाद भट्टराइ,शेरबहादुर देउवा,याेय प्रसाद उपाध्याय ,राम चन्द्र पाैडेल र पर्शुनारायण चाैधरी आदी सहभागी भएकाे भेलाले मानव अधिकार दिवसकाे दिन माैन बिराेध जुलुस निकाल्ने निर्णय अनुसार निकालेकाे माैन जुलुसमा दमन,२०३५ साल चैत २७ गते कम्युनिस्ट नेता रत्न कुमार वान्तवालाई सरकार बिराेधी गतिविधी गरेकाे आराेपमा देउमाइ नदी किनारमा गाेली ठाेकी हत्या , उता भारतमा नेपाली काँग्रेसले शसस्त्र संघर्ष गर्ने घाेषणा अनुसार२०३० साल जेठ २५ गते बिराट नगरबाट काठमाडाैं उडेकाे विमान दुर्गा सुवेदी,बसन्त भट्टराइ र नगेन्द्र ढुंगेलले अपहरण गरेर भारतकाे फारबेसगंज लगेर त्यसमा भएकाे ३० लाख भारु . लुटेर विमान फिर्ता । २०३० साल असार २५ गते सिंहदरबारमा आगजनी, ओखलढुङ्गामा सैनिक ब्यारेक कब्जा गर्न भनि हिडेका कैयाैं आन्दाेलनकारीकाे टिम्बुरबाेटेमा हत्या त्यस काण्डमा आराेपित क्याप्टन यज्ञबहाुर थापा, भीमनारायण श्रेष्ठलाई गिरफ्तार गरेर २०३५ साल माघ २५ गते हत्या । सुखानीकाे नामले चिनीने सुखानी काण्डमा रामनाथ दाहल, नारायण श्रेष्ठ,कृष्ण कुँइकेल, वीरेन राजवंशी र नेत्र प्रसाद धिमिरेलाई झापाबाट इलाम जेल चलान गर्ने भनेर सुखानीकाे जंजलमा लगेर निर्ममता पूर्वक हत्या गरे पछि लिबरल भनेकाे राजा वीरेन्द्र झन् महेन्द्र भन्दा कडा देखिए पछि र दमन झन्झन् चर्किदै गए पछि जनता झन्झन् आक्राेसित हुँदै गए, आफ्नु जिउ ज्यानकाे प्रवाह नगरि आन्दाेलनमा हाेमिए पछि खास गरि देश भरिका बिद्यालय, क्याम्पस र बिश्वविद्यालयमा अध्ययनरत बिद्यार्थीहरु पञ्चायति व्यवस्थाकाे विरुद्धमा सडकमा हुलका हुल गिरफतारी र गाेलीकाे शिकार बनाउदा पनि नडराएर निस्किए पछि आँखिर राजा वीरेन्द्रलाई उनिहरुकाे अगाडी झुक्नै पर्याे । उता नेपाली काँग्रेसकाे शसस्त्र आन्दाेलन सफल हुन नसकेर आपसी फुटले पनि कमजाेर भएकाे महशुस गरेर नेपाली काँग्रेसका नेता विशेश्वर प्रसाद काेइराला २०३३ सालमा मेल मिलापकाे नीति लिएर नेपाल फर्के, यता कम्युनिस्टहरु पनि पूर्व र पश्चिममा विभाजित भए । पश्चिममा माेहन बिक्रम सिंह र पूर्वमा राधाकृष्ण मैनाली र सिपी लगायत आआफ्नै पारामा जाँदा पार्टीहरु धेरै कमजाेर देखिएकाेले राजा वीरेन्द्रलाई दमन गर्न सजिलाे भयाे तर देशभरिका बिद्यार्थी सत्ता परिवर्तन गर्न सडकमा उत्रे र २०३६ साल बैशाख १० गतेबाट देशभरिका क्याम्पस बन्द गरि सडकमा निस्केकाे बिशाल भेलले राजा वीरेन्द्रलाई आँखिरमा झुक्न बाध्य बनायाे र राजा वीरेन्द्रले २०३६ साल जेठ १० गते जनमत संग्रहकाे घाेषणा गर्न बाध्य हुनु पर्याे । २०३७ साल बैशाख २० गते जनमत संग्रह सम्पन्न भयाे र २०३७ साल जेठ १ गते जनमत संम्रहकाे नतिजा घाेषित गरियाे र पञ्चायतकाे पक्षमा ४८१३४८६ मत खसे भने बहुदलकाे पक्षमा ४४४१४१७ मत खसे, कुल ७२९२४५१ मत खसेका थिए ।
यसरी जनमत संग्रहकाे नतिजा पञ्चायतकै पक्षमा देखिए पछि बहुदलवादीले घाँघली भयाे पनि भन्ने आराेप लगाए पनि कतिपय: कम्युनिस्ट दलहरुले नतिजा स्वीकार गरी पञ्चायती चुनाबमा भाग लिने निर्णयसम्म गरेर भाग लिए भने धुेरै जसाे कम्युनिस्ट दल र नेकाले भाग नलिने निर्णय गरे । यसरी जनमत र केही दल पनि आफ्नु पक्षमा आएकाे देख्दा घुँडा टेकी सकेका राजा वीरेन्द्र झन शक्तिशाली भएकाे महशुस गर्दै झन् दमनमा उत्रे । २०३८ साल बैशाख २० गते भएकाे पञ्चायती चुनाबबाट सुर्यबहादुर थापा प्रधान्मन्त्री चयन ,२०३९ साल असाेज २४ गते सुर्यबहादुर थाकाे मन्त्रीमण्डल पुनर्गठन र २०४० असार२७ गतेमा पेश भएकाे अविश्वासकाे प्रस्तावमा थापा फेल भए पछि थापाकाे सरकार विघटन र २०४० साल असार २८ गते लाेकेन्द्रबहादुर चन्द्र प्रधानमन्त्री नियुक्त भए ।
२०४०साल माघ १ गते सिन्धुपाल्चाेक, पिस्करकाे महादेव मन्दीरमा माघी त्याैहार मनाउन जम्मा भएर साँस्कृतिक कार्यक्रम गरेर रमाउदै गरेका जनतालाई त्यँहा पञ्चायत बिराेधी कार्यक्रम हुँदैछ भन्ने सुचनाकाे आधारमा कुनै बुझ विस्तार नगरेर अचानक प्रहरीले अन्दाधुंन्द गाेली चलाउदा कैयाै जनता एकैछिनमा लाशमा परिणत भए भने कैयाैं घायल भए । एउटा धार्मिक स्थलमा हंसीखुशी चाड मनाइ रहेका जनता माथि यसरी गरिएकाे निर्मम दमनकाे देशभित्र मात्रै हाेइन विश्वभरी घाेरभर्त्सना र बिराेद भयाे । नेपाली काँग्रेसले पनि २०४१ फागुन २८ देखि ३० गतेसम्म भएकाे सम्मेलनमा सत्याग्रह गर्ने निर्णय गर्याे र २०४२ साल जेठ १० गतेबाट सत्याग्रह शरु गर्याे । सबै बिद्यार्थी संगठनहरु पञ्चायती व्यवस्थाकाे बिरुद्ध सडकमा उत्रिए कैयाैं बिद्यार्थी गिरफ्तार गरिए पनि आन्दाेलन शान्त गर्न पञ्चायती शासन असफल भयाे भने रामराजा प्रसाद सिंहकाे माेर्चाले सिंहदरबारमा बम हाने र त्यसकाे जिम्मा लिए पछि रामराजा प्रसाद सिंह,लक्ष्मण प्रसाद सिंह,प्रेमबहादुर बिश्वकर्मालाई दरबार बम काण्डकाे दाेषी ठहर गरि मृत्युदण्डकाे घाेषणा गरियाे। नेपाली काँग्रेसकाेे २०४६ कात्तिकमा भएकाे सम्मेलन र २०४६ माघमा भएकाे वाम सम्मेलनले सशक्त रुपमा जनआन्दाेलन गर्ने निर्णय गरे र आन्दाेलनमा ऐकेवद्धता देखाउने निर्णय गरे ।
२०४६ साल माघ ५ देखि ७ सम्म गणेशमान सिंहकाे घर चाक्सीबारीमा भएकाे सर्वदलिय भेला जुन भेलामा भारतीय पुर्व प्रम चन्द्र शेखर, सुरजीत, एम. जे . अकवर लगायत अन्य केनद्रिय नेताहरुकाे सहभागितामा भएकाे बृहद भेलाले २०४६ फागुण ७ गतेबाट देशव्यापी रुपमा आन्दाेलन गर्ने निर्णय गर्याे र उक्त जनआन्दाेलनले काठमाडाैंका सडकहरुमा मानव सागर उतार्याे पञ्चायती सरकारले कैयाैं नेता गिरफ्तार गर्याे,लाखाैं आन्दाेलनकारीलाई जेलमा काेच्याे, कयाैं आन्दाेलनकारीकाे हत्या गर्याे, सडकहरु रक्ताम्मै थिए,जेलहरुमा खुट्टा राख्ने ठाँउ थिएन सठकमा जनसागरकाे भीडमा एउटा कमिला छिर्ने ठाँउ पनि थिएन ।आन्दाेलनकारी जनताकाे आँखामा सुन्दर शान्त नेपालकाे सपना र सुशासन तथा सुन्दर भविश्यकाे सपना थियाे, भाेक, प्यास र मृत्युलाई बिर्सेर सडकमा उत्रेका जनतालाई पञ्चायती शासनकाे गाेली, दमन, गाेला बारुद, धाक धम्कीले राेक्न सकेन आँखिरमा राजा वीरेन्द्रलाई १० बर्ष पछि जनताकाे अदम्य शाहसले झुक्न बाध्य बनायाे । यसमा नेका र वामकाे संयुक्त जनआन्दाेलन र अर्काेतिर अन्य वाम घटककाे संयुक्त राष्ट्रिय जनआन्दाेलन सबैकाे महत्वपूर्ण उपस्थिति र सहभागिता तथा जनताकाे वलिदानकाे अविस्मरणिय याेगदानछ । बि. स . २०४६ चैत २६ काे दिन नेपाली जनताकाे लागि अत्यन्त महत्वपूर्ण थियाे छ र भविश्यमा पनि रहनेछ । याे दिन नेपाली जनताकाे दमन ,शाेषण,अन्याय ,अत्याचार माथि नेपाली जनताले रगतसंग साटेर देश र जनता पञ्चायती तानाशाहीतन्त्रबाट मुक्त भएकाे दिनकाे रुपमा स्मरण गरिनेछ ।
जनता माथि भएका ज्यादती दमन र अत्याचार तथा हत्याकाे पश्चात पनि राजा वीरेन्द्रकाे पालामा २०३६ काे जनमत संग्रह, २०४६ काे बहुदलकाे घाेषणा लगायत २०२८ साल – राष्ट्रिय शिक्षा नीति लागू, २०३१ साल – वीरेन्द्रद्वारा नेपाललाई शान्ति क्षेत्रको प्रस्ताव, चीनसंग हथियार खरिद गर्दा भारत द्वारा गरिएकाे नाकाबन्दी - २०४५/४६ काे सामना, खम्पा बिद्राेह निर्मुल,नेपालमा सार्क सचिवालय,माओवादी युद्धमा सेना परिचालन गर्न नमानेकाे, २०३२ पुस १३ काठमाडाैंमा ट्रली वस सेवा,२०२९ मा नेपालगंज, २०३२ मा बुटवल, २०३५ मा भक्तपुर, २०३७ मा धनकुटा लगायत अन्य क्षेत्रलाई ओद्याेगिक क्षेत्र घाेषणा, २०३७ पुस १ गते संविधान सन्शाेधन गरेर बालिक मताधिकार,मन्त्रीमण्डल राष्ट्रिय पञ्चायतद्वारा गर्ने निर्णय, प्रधानमन्त्री बिरुद्ध अविश्वासकाे प्रस्ताव ल्याउन पाउने, गाँउ फर्क अभियानकाे खारेजी जस्ता कार्यहरुले गर्दा राजा महेन्द्रकाे पालामा भन्दा पनि राजा वीरेन्द्रकाे पालामा जनता र राजनीतिक नेता र कार्कर्ताकाे हत्या बढी भएकाे देखिए पनि । जनमत संग्रह र बहुदलकाे घाेषनाले उनका सबै नराम्रा जनता दमनका कामहरु माइनस हुन पुगे । यसरी जनता माथिकाे दमन, राजतन्त्र आइसियुमा गएकाे परिवर्तन तिमी लुकेर हेरी बस्याैं । क्रमश:-