इलाम-२ मा कसले मार्ला बाजी ?

17.4k Shares

काठमाडौं । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनबाट संसद् प्रवेश गर्ने रणनीतिका साथ दलहरू चुनावी मैदानमा होमिएका छन्।

उपनिर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायत उम्मेदवारहरूले चुनाव जित्ने रणनीति सशक्त बनाउँदै लगेका हुन् ।

संसद्का कतिपय साना दलका प्रतिनिधि उम्मेदवारले चुनाव जित्ने दाबी गरिरहँदा आफ्नो अवस्था के हो भन्ने खासै विश्लेषण गर्न सकेका छैनन्।

नेपाली कांग्रेसबाट डम्बर खड्का, नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेकपा (एकीकृत समाजवादी) बाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनेबहादुर लिम्बूले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू, अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गरेका छन्।

उनीहरूले चुनाव जित्ने रणनीति आ–आफ्नो ढंगले बनाइरहेको दाबी गरेको नेताहरूले बताएका छन्। गत निर्वाचनमा इलाम–१ बाट लज्जास्पद हार बेहोरेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्रनम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गर्नुभयो। अरू दलहरूलाई उम्मेदवारी फिर्ता लिएर एकीकृत समाजवादीका उम्मेदवारलाई चुनावमा सहयोग गर्न आह्वानसमेत गर्नुभएको छ। आजको नेपालसमाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार