12.4k
Shares
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले धरौटी बुझाएका छन् । संगठित रूपमा आपराधिक लाभ (एक्सटर्सन) लिएको कसुरमा अदालतले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।
बिहीबार थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले तोकेको धरौटी प्रसाईंले बुझाएका हुन् । भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाम लिएर नेपालका व्यवसायीलाई धम्की दिने प्रसाईंका सहयोगी हरिचन्द फुयलले धरौटी बुझाउन सकेनन् ।