खोलाले बगाएर एक जनाको मृत्यु

7.4k Shares

सुलीकोट, भदौ १५ गते । गोरखामा भेडा बचाउन खोलामा हामफाल्दा खोलाले बगाएर गोठालाको मृत्यु भएको छ । मृत्यु ह्ुनेमा बारपाक सुलिकोट गाउँपालिका –१ का ६० बर्षिय अर्जुन घले भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो । 

उहाँका अनुसार शनिबार बेलुका ४ बजे जंगलबाट भेडा चराएर घरतर्फ ल्याउने क्रममा स्थानीय किस्वाराँ खोलाको फड्के तर्दा भेडा खसेर बगाएको र सोही भेडा बचाउन खोलामा हाम्फाल्दा घलेलाई खोलाले बगाएर मृत्यु भएको उहाँले बताउनुभयो । 

भेडासँगै खोलामा बगेका घलेलाई स्थानीय, बारपाक चौकीका प्रहरी र इलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका साँझ ७ बजे फट्केभन्दा ४० फिट तल खोचमा घलेको शब फेला पारेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

खोलामा हाम फाल्दा मृत्यु भएका घलेको शब पोष्टमार्टको लागि प्रदेश अस्पताल गोरखामा आईतबार लगिएकाले उक्त घट्नाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक सुबेदीको भनाइ छ ।

सम्बन्धित समाचार