19.7k
Shares
काठमाडौं । सावित्रा भण्डारीको पाँच गोलप्रेरित नेपालले पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ) मा इराकविरुद्ध ५–० को फराकिलो जित निकालेको छ ।
बिहीबार साउदी अरेबियाको किंग अब्दुल्लाह स्पोर्ट्स सिटीमा सम्पन्न खेलमा सावित्राले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरिन् ।
लगातार दोस्रो जितसँगै नेपाल प्रतियोगिताको क्वार्टरफाइनल नजिक पुगेको छ । नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४–१ ले हराएको थियो ।