कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रधानमन्त्री खड्कालाई

18k Shares

काठमाडौं( कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि (बिहीबार) कम्बोडिया जाने भएपछि उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक तोकिएको हो। 

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उपप्रधान एवं रक्षामन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्ने निर्णय गरेको हो । खड्काले नेपाली कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गरेका छन्।

सम्बन्धित समाचार