कञ्चपुरमा बलात्कार आरोपमा एकजना पक्राउ

16.3k Shares

काठमाडौं । कञ्चनपुरमा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलौरी नगरपालिका–७, टेडियाका ४० वर्षीय हरिचन्द्र राना छन् ।

३० वर्षीया महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । शनिबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको माघ २३ गते उनले बेलौरी–७, पौलाहस्थित उखुबारीमा ती महिलाको बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो ।

सम्बन्धित समाचार