चितुवाको आक्रमणबाट तनहुँमा ६ वर्षीय बालकको ज्यान गयो

5.8k Shares

तनहुँ – बन्दीपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ । हिजो बेलुका चितुवाले आक्रमण गर्दा ६ वर्षीय उत्सव गुरुङको ज्यान गएको तनहुँ प्रहरीले जनाएको छ ।

आँगनमा खेलिरहेको अवस्थामा उनलाई चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणपछि उपचारका लागि बन्दीपुर अस्पताल लगिए पनि डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । 

सम्बन्धित समाचार