काठमाडौँ । काठमाडौँको मैतीदेवीमा दुई जना किशोरीमाथि छुरा प्रहार गरेको छ । छुरा प्रहारबाट ललितपुर घर भएकी शान्ति भण्डारी र गोरखा घर भएकी विमला बयलकोटी घाइते भएका छन् ।
शान्तिको टाउकोमा र विमलाको घाँटीमा चोट लागेको छ । भारतको राजस्थान घर भएर मैतीदेवी बस्ने युवकले छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । माघ २४ मा साँझको घटना भए पनि प्रहरीले घटनाबारे सार्वजनिक गरेको छैन ।
छुरा प्रहारमा संलग्न युवक भारतबाट आएको र विवाद भएपछि छुरा प्रहार गरेर भागेको प्रहरी अधिकारीहरू बताउँछन् । घटना युवकको कोठामा भएको हो । छुरा प्रहारको कारणबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।