राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने

18.4k Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन दलहरुले समय  माग गरेका छन् । नेकपा एमालेले १२:३० देखि १:३० समय माग गरेको छ ।  त्यसपछि नेपाली काङ्ग्रेस ,माओवादी केन्द्रका उम्मेदवारले उम्मेदवारी दर्ता गराउने गरी  १:३० देखि २:३० सम्मको समय माग गरेका छन् ।

मनोनयन दर्ताका लागि साेही अनुसार निर्वाचन आयाेगले तयारी गरेको छ । लुम्बिनीमा सत्ता गठबन्धन दलबाट  माओवादीका  झक्कु सुवेदी  र काँग्रेसकी विष्णुकुमारी सापकोटा उम्मेदवार छन् । यसैगरी एमालेकी तुलसा केसी  र पाल्पाका झपेन्द्र जीसी उम्मेदवार छन् । आयोगमा माग भएको समयअनुसार पहिला एमाले र त्यसपछि गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराउने छन् । 

सम्बन्धित समाचार