‘कर्णालीको खेल पूर्वाधारलाई केन्द्र सरकारले सहयोग गर्नुपर्छ’

17.7k Shares

काठमाडौँ ।   कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले खेल पूर्वाधारका लागि केन्द्र सरकारसँग आर्थिक सहयोग माग गरिएको बताएका छन् । प्रदेश सरकार एक्लैले सबै संरचना बनाउन नसक्ने भएकाले केन्द्र सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ।

३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै १० औं राष्ट्रिय खेलकुदका लागि निर्माणाधीन रंगशाला बाहेक अन्य ठाउँहरुमा पनि संरचना बनाउन लागि पहल भइरहेको बताए। त्यसका लागि संघीय सरकारसँग सहयोग माग गरिएको उनले बताए ।खेल क्षेत्रको विकासका लागि कर्णाली दौडिरहेको बताउँदै पोखरेलले आवश्यकताअनुसार पूर्वाधार निर्माण गर्न आर्थिक अभाव  रहेको समेत बताए ।

सम्बन्धित समाचार