बिमाप्रतिको विश्वसनीयता बढाउनुपर्छ: मुख्यमन्त्री चौधरी

15.2k Shares

काठमाडौंँ । लुम्बिनी प्रदेशविश्वसनीयता बढे मात्रै पनि यसको महत्त्व र आवश्यकता बढ्ने भन्दै मुख्यमन्त्री चौधरीले बिमामा गुमिरहेको विश्वास फर्काउनुपर्ने बताए ।का मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिमा सेवाको विश्वसनीयता बढाउनु पर्ने अवस्था आएको बताएका छन् ।नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा भएको प्रदेश सरकार र बिमा प्राधिकरणबीचको अन्तरक्रिया तथा छलफल कार्यक्रममा मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन् ।कोरोनापछि बिमा कम्पनीहरूको विश्वास गुम्दै गएको भन्दै अब विश्वसनीयता बढाउन सके प्रदेश सरकारले समेत आवश्यकता अनुसार बिमा नीति बनाउने जानकारी दिए ।‘विश्वमा बिमा राम्रो छ’,उनले भने,’बिमा सुविधा प्राथामिकतामा पनि पर्छ, तर नेपालमा विश्वसनीयता कम छ यो बढाउनु जरुरी छ। बिमा नीति आवश्यक छ ।

’कार्यक्रममा सहभागीहरू बिमा भुक्तानीमा समस्या र झन्झेट हुने गरेकोले भुक्तानीमा सहजता ल्याउन आग्रह गरेका थिए । उनीहरुले कोरोना बिमाको रकम अहिलेसम्ममा पनि भुक्तानी नभएको गुनासो समेत गरेका थिए ।त्यसैगरी कृषिमाबाली बिमा गर्नुपर्ने, पूर्वाधारको बिमा गर्दा सहज हुनुपर्ने र जीवन बिमामा भुक्तानीमा छिटो-छरितो गरिनुपर्ने सुझाव दिएका थिए ।कार्यक्रममा अर्थमन्त्री धनबहादुर मास्की, स्वास्थ्य मन्त्री राजु खनाल, भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरी, योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसी, प्रमुख सचिव राधिका अर्याल लगायतकाले धारण राखेका थिए ।बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिग्देल लगायतकाले उठेका विषयवस्तुमा प्रष्ट पारेका थिए । कार्यक्रमको सहजीकरण नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख पूर्णबहादुर थापाले गरेका थिए ।

सम्बन्धित समाचार