19.3k
Shares
काठमाडौँ । भीजी फाउन्डेसनले जाजरकोट तथा रुकुममा गएको विनाशकारी भूकम्प पीडितहरूका लागि २१ लाख सहयोगा गर्ने घोषणा गरेको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिनेछ ।
भूकम्पले पुर्याएको मानवीय तथा संरचनागत क्षतिले अत्यन्त मर्माहत तुल्याएका बताउँदै फाउन्डेसनले यस भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्ण नेपालीहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ । साथै घाइतेहरू सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।