उपाधिका लागि ओमन र नेपाल भिड्दै, टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

19k Shares

काठमाडौं, १९ कात्तिक । काठमाडौंमा आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा ओमनविरुद्ध पहिले नेपालले ब्याटिङ गर्ने भएको छ । 


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलको टस जितेर नेपालले ब्याटिङ रोजेको हो । आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा स्थान बनाइसकेको दुवै नेपाल र ओमान उपाधिका लागि भिड्न लागेका हुन् । 


नेपालले सेमिफाइनल युएईलाई ८ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाउँदै विश्वकप यात्रा पक्का गरेको थियो।
 

सम्बन्धित समाचार