काठमाडौं उपत्यकामा आवागमन कडाई गरिँदै

17.6k Shares

काठमाडौं । काठमाडौं उपत्यकामा डेढ साता आवागमनमा कडाई गरिने भएको छ । मध्यान्ह उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले त्यसबारे औपचारिक निर्णय गर्नेछन् ।
प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयसँगको परामर्शपछि डेढ साता काठमाडौंमा कडाई गर्नेबारे छलफल अगाडि बढाएका हुन् । ‘निषेधाज्ञा लगाउने वा अन्य बिधिबाट आवागमन सिमित गर्ने भन्नेबारे हामी छलफल गर्छौ’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले रातोपाटीसँग भने–‘सामान्य छलफल भएको छ, हामी संयुक्त बैठक बसेर निर्णय गर्छौ ।’
आवागमन सीमित गर्ने प्रस्ताव सवै प्रजिअले ड्राफ्ट गरेर ल्याउने कुरा भएको प्रजिअ पराजुलीले बताए । ‘एक–दुई दिनको समय दिएर उपत्यकामा आवागमनमा कडाइ गर्छौ ।’ 

सम्बन्धित समाचार