इजरायली आक्रमणमा आठ सिरियाली सैनिकको मृत्यु, सात सैनिक घाइते

15.7k Shares

दमास्कस । सिरियाली सरकारी सञ्चारमाध्यमका अनुसार इजरायली आक्रमणमा आठ सिरियाली सैनिक मारिएका छन् । यस आक्रमणमा सात सैनिक घाइते भएका छन् । सरकारी सञ्चारमाध्यमका अनुसार दक्षिणी प्रान्त दारामा रहेको सैन्य शिविरमा यो हमला गरिएको हो । स्थानीय समय अनुसार बुधबार बिहान १ः४५ मा यो हमला गरिएको प्रतिवेदनमा उल्लेख छ । 

इजरायली सेनाले आक्रमणको पुष्टि गरेको छ। इजरायलको सेनाले आफ्ना लडाकु विमानहरूले सैन्य संरचनालाई निशाना बनाएको बताएको छ। सेनाका अनुसार सीमामा रकेट प्रहार भएपछि यो कारबाही गरिएको हो ।

सम्बन्धित समाचार