कान्ती लोकपथ आजदेखि चार दिन बन्द रहने

9k Shares

काठमाडौं – काठमाडौं–हेटौंडा जोड्ने कान्ती लोकपथ बुधबार (आज)देखि चार दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सूचना जारी गरी उक्त सडकखण्ड जेठ २४ गतेसम्म बन्द रहने जानकारी गराएको हो ।

बागमती खोलामा निर्माणधीन बेलीब्रिज जडान कार्यका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गर्नका लागि कान्ती लोकपथ सडक योजनाले पत्राचार गरेको थियो । सो आधारमा यातायात चार दिनका लागि बन्द गरिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलले विज्ञप्ती जारी गरी जानकारी दिएका छन् ।

सो अवधिमा हेटौडा काठमाडौं वा काठमाडौं( हेटौडा यात्रा गर्नुपर्ने सवारी साधनहरूले अन्य वैकल्पिक मार्ग (कुलेखानी–कलंकी–हुमाने वा कुलेखानी–सिस्नेरी फर्पिङ सडक) को प्रयोग गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार