14.8k
Shares
विराटनगर । नेकपा एकीकृत समाजवादीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । बुधवारको प्रदेशसभा बैठकमा बोल्दै एकीकृत समाजवादी संसदीय दलका नेता समेत रहेका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले मध्यावधि निर्वाचनबाट जोगाउन कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएका हुन् ।
‘हामीले गठबन्धनको मुख्यमन्त्री बनाउन सकिरहेका थिएनौ । अहिले एमालेले नै गठबन्धनको मुख्यमन्त्री बनाइदिएकोमा एमालेलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु’, राईले भने, ‘विश्वासको मत हामी गठबन्धनले नै दिने भएका छौ ।’ उनले वर्तमान सरकारले कोशी प्रदेशको नामकरणबारे सरकारले ध्यान दिने अपेक्षा गर्दै विगतमा सरकारले काटेका योजनाहरूबारे सोच्नुपर्ने बताए ।