त्रिकोणात्मक टी—२० : सोमपालले लिए यूएईको पहिलो विकेट

15k Shares

काठमाडौँ ।  मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को पहिलो विकेट लिएको छ ।  नेपाली बलर सोमपाल कामीले यूएईका ओपनर ब्याट्सम्यान खालिद शाहलाई शून्य रनमै पेभेलियन फर्काए । 

सोमपालले खालिदलाई रोहित पौडेलद्वारा क्याच गराएका हुन् । यूएईले पहिलो ओभरको अन्तिम बलमा विकेट गुमाएको हो । नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निणर्य लिएको थियो । त्रिकोणात्क शृंखलामा तेस्रो राष्ट्रको रुपमा हङ्कङको सहभागिता रहेको छ ।

सम्बन्धित समाचार