रामोसले छाडे रियल 

20.2k Shares

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर सर्जियो रामोसले क्लब छाडेका छन् । कप्तान रामोसले क्लब छाडेको रियलले बुधबार पुष्टि गरेको हो ।

रामोसले अब पत्रकार सम्मेलनमार्फत विदाई गर्ने रियलले जनाएको छ । रामोस रियलमा १६ वर्ष बसेका हुन् । उनी सन् २००५ मा सेभियाबाट उनी रियल आएका थिए ।
स्पेनिस सेन्टर ब्याक रामोसले रियलका लागि ६७१ खेल खेलेका छन् । ३५ वर्षीय डिफेन्डर रामोसले रियलका लागि १०१ गोल सहित ४० असिस्ट गरेका छन् ।

रामोसले रियलबाट पाँच पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । उनले रियलाई अन्य धेरै उपाधि जित्नमा महत्वपूर्ण भूमिका खेलेका छन् । 

सम्बन्धित समाचार