एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

790 Shares

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन घटस्थापनाको अवसरमा देशभरका १२ शाखाबाट २७ भन्दा बढी जेसीबीमेसिन ग्राहकहरूलाई हस्तान्तरण गरेको छ। कम्पनीले यो कार्यक्रम ‘जेसीबी शुभारम्भ’ नाममा आयोजना गरेको हो ।

हस्तान्तरण समारोह घटस्थापनाको परम्पराअनुसार सम्पन्न गरिएको थियो । प्रत्येक मेसिनको विधिवत् पूजा गरी टीका र माला अर्पण गरिएपछि ग्राहकका परिवारजन तथा एमएडब्ल्यू अर्थमुभर्सका प्रतिनिधिहरूको उपस्थितिमा ग्राहकलाई चाबी हस्तान्तरण गरिएको थियो । 

समारोहको अन्त्यमा केक काटी मिठाई वितरण गरिएको थियो, र ग्राहकहरूले आफ्नो नयाँ मेसिन सञ्चालन गर्दै शाखा परिसरबाट प्रस्थान गरेका थिए ।  

कार्यक्रममा एमएडब्ल्यू अर्थमुभर्स प्रा. लि.का प्रमुख सञ्चालन अधिकृत (सीओओ) दुर्गाप्रसाद निरौलाले भने ‘घटस्थापनाको दिन हामी सबै शुभ काम सुरु गर्छौँ । आज २७ भन्दा बढी ग्राहकले नयाँ जेसीबीसँग आफ्नो व्यवसायको नयाँ सुरुवात गर्नुभएको छ। हाम्रो लागि यो केवल मेसिन हस्तान्तरण होइन, २७ भन्दा बढी परिवार र व्यवसायको शुभारम्भ हो। हामीमाथि भरोसा गर्नुहुने सबै ग्राहकप्रति हामी आभारी छौँ।’

सम्बन्धित समाचार