निजामती अस्पतालमा व्यापक अनियमिता ! कमिसन लोभले ५ करोडका सामान किनेर थन्क्याइयो

18.3k Shares

काठमाडौं । निजामती कर्मचारी अस्पतालको प्रशासनिक नेतृत्वले विभिन्न ठेकेदार कम्पनीसँग मिलेमतो गरी कमिसनको चक्करमा करोडौंका उपकरण खरिद गरी त्यसै थन्क्याएर राखेको पाइएको छ।

यसअघि पनि यसरी नै कमिसनको चक्करमा करोडौंका उपकरण किनेर त्यसै थन्क्याउने गरेको पाइएपछि त्यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरेको थियो। अहिले पनि अवस्था उस्तै छ। त्यसैले अख्तियारले अस्पतालमाथिको छानबिन प्रक्रियालाई तीव्रता दिनुपर्ने देखिएको छ।

निजामती अस्पतालको उपकरण खरिद गर्ने र त्यसै थन्क्याउने प्रवृत्ति घट्नुको साटो बढेको छ। यसरी करोडौंका सामानहरू खरिद गरी लामो समयसम्म त्यसै थन्क्याएर राखिएकोमा महालेखाले गम्भीर प्रश्न उठाएको छ। महालेखाले यस्तो प्रवृत्ति अन्त्य गर्नसमेत निजामती अस्पताललाई सुझाएको छ।

अस्पतालमा बिजोग अवस्थानमा राखिएका उपरकणहरूको अवस्था हेर्दा सो खरिद प्रक्रियामा ५० औं लाख खेर गएको छ भने राज्यकोषमा ब्रह्मलुट प्रवृत्ति देखिएको छ। महालेखाले पनि विभिन्न उपकरणहरू खरिद आवश्यकताको पहिचान नै नगरी जथाभावी किनिएका र ती उपकरणको समुचित प्रयोग हुनुपर्ने भन्दै खरिद प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाएको छ।

अस्पतालले विभिन्न समयमा खरिद गरेका पाँच करोड ३७ लाख मूल्य बराबरका उपकरणहरू लामो समयदेखि प्रयोगविहीन अवस्थामा राखिएको छ। त्यसै गरी १३ करोड १७ लाख मूल्यका सी आर्म, यूएसजी, होलमियम लेजर, भेन्टिलेटर, स्पाइनल इन्डोस्कोपी सिस्टम, बायोमेडिकल संक्रामक फोहोर उपचार प्रणाली लगायतका १० थान उपकरणहरूको मर्मत सम्भार गर्नुपर्ने अवस्था रहेकोमा मर्मत सम्भार नगरी ती उपकरणहरू त्यसै थन्कन पुगेका छन् । उपकरणहरू डम्पिङ साइडमा जाने र झनै कामै गर्न नसक्ने अवस्था आउन सक्ने देखिएको छ । आजको नेपाल समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार