काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षीहरुकाे द्रव्य शाहको तरिकाका षडयन्त्रहरु आज सफल नहुने बताए । काठमाडौँमा एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले ‘आजका हाम्रा विपक्षीहरुले बुझ्नुपर्दछ । द्रव्य शाहको तरिकाका षडयन्त्रहरु आज सफल हुँदैनन्’, ओलीले भने, ‘आज प्रतिस्पर्धाबाटै श्रेष्ठता कायम गर्नुपर्छ ।’ बताए
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमाले कार्यकर्ताहरुलाई पनि प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्न निर्देशन दिए । उनले भने, ‘प्रतिस्पर्धाबाट श्रेष्ठता कायम गर्न हाम्रा साथीहरु पनि तयार हुनुपर्छ । त्यसका लागि कार्यक्षमताको अभिवृद्धि र सक्रियता बढाउनुस् ।’
अध्यक्ष ओलीले एमाले अधिवेशनलाई लिएर विरोधीहरूले एकोहोरो टिप्पणी गरिरहेको भन्दै असन्तुष्टि जनाए ।