कुलमानलाई हटाउने अन्तिम प्रयासमा प्रधानमन्त्री ओली वाइडबडी विमानसँग यसरी जोडिँदैछ महसुल प्रकरण

12.2k Shares

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरण (एनईए)का प्रबन्ध निर्देशक कुलमान घिसिङलाई जिम्मेवारीबाट हटाउने अन्तिम तयारीमा लागेका छन् ।

यसैका लागि ओलीले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री रहेका नेपाली काङ्ग्रेसका सांसद् दीपक खड्कालाई आफू चीनमै रहेका बेला १९ मङ्सिरमा प्राधिकरणमा कार्यकक्ष बनाए छिर्न अह्राएका थिए । ओलीकै निर्देशनबमोजिम मन्त्री खड्काले कुलमान नभएको मौका छोपी कार्यकक्ष बनाएर प्राधिकरण छिरेका थिए ।

एमाले सांसद्‌ ऋषिकेश पोखरेल सभापति रहेको संसद्‌को सार्वजनिक लेखा समितिबाट पूर्वनिर्धारित कारबाही गर्न नसकेपछि मन्त्री खड्काले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमानसँग असोज २३ गते १५ बुँदे र कात्तिक १३ गते सात बुँदे स्पष्टीकरण मागेका थिए ।

स्रोतका अनुसारस चीन भ्रमणमा जानुअघि ओलीले आफू फर्कनासाथ कुलमान हटाउने अचुक योजना पेश गर्न भनेका थिए । सोही योजनाको कार्यान्वयन ‘प्लट’ तयार गर्न लागेकाले कुलमानप्रति दिनहुँजसो खनिने गरेका ओली र ऊर्जामन्त्री खड्का पछिल्ला दिनमा मौनप्रायः देखिएका ती अधिकारीले बताए ।

विद्युत महसुल मामिलामा कुलमान हटाउने योजना पेचिलो बन्दै गएपछि ओलीले पछिल्लोपटक आफ्ना सल्लाहकारहरूको टीमलाई नै यस निम्ति खटाएको बुझिएको छ ।

प्रमुख सल्लाहकार विष्णु रिमाल र प्रमुख आर्थिक सल्लाहकार डा. युवराज खतिवडासमेत कुलमान हटाउने प्रधानमन्त्री ओलीको योजनामा लागिपरेका स्रोतको दाबी छ ।

 

सम्बन्धित समाचार