अनमाेल केसी शुक्रबार रातिदेखि अस्पताल भर्ना

17.2k Shares

काठमाडौं- ‘आपराधिक विश्वासघात’ कसुरमा प्रहरीमा उजुरी परेपछि पक्राउ परेका अभिनेता अनमोल केसी शुक्रबार रातिदेखि नै अस्पताल भर्ना भएका छन्। छातीमा समस्या देखिएपछि केसी शुक्रबार राति अस्पताल भर्ना भएको अनमोलको आगामी फिल्म ‘जेरी अनटप’का निर्माता सरोज न्यौपानेले जानकारी दिए।

सुदर्शन थापाले निर्देशन गर्न लागेको चलचित्र ‘रावायण’ फिल्ममा अभिनय गर्ने भनेर १० लाख रुपैयाँ लिएको, तर अन्तिम समयमा फिल्म खेल्न अस्वीकार गरेको भन्दै केसीविरुद्ध प्रहरीमा उजुरी परेको थियो। 

उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले केसीलाई शुक्रबार साँभफ भक्तपुरबाट पक्राउ गरेको थियो।

निर्माता न्यौपानेले केसीलाई अस्पतालमा गएर भेटेका छन्। भेटमा केसीले नराम्रो फिल्म नगर्ने, बरु जेलमै बस्ने बताएको उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

सम्बन्धित समाचार