अवैध आप्रवासी बोकेर ग्वान्तानामो खाडी पुग्यो अमेरिकी सेनाको विमान, निर्वासितहरूलाई जेलमा राखिने

10.7k Shares

वासिङ्टन डीसी । अमेरिकाबाट अवैध आप्रवासीहरू बोकेको एउटा सैन्य विमान मंगलबार ग्वान्तानामो खाडी पुगेको छ । गैरकानूनी आप्रवासीहरू बोकेर ग्वान्तानामो खाडी पुग्ने यो पहिलो अमेरिकी विमान हो । 

अमेरिकाले गैरकानुनी आप्रवासीहरूलाई ग्वान्तानामो बे जेलमा राख्ने भएको छ । यसलाई संसारको सबैभन्दा खतरनाक जेल मानिन्छ । २००१ को सेप्टेम्बर ११ मा भएको आतङ्कवादी हमलाका अभियुक्तहरूलाई यस जेलमा राखिएको थियो ।

त्यतिबेला, ग्वान्तानामो बे जेल विश्वभर हेडलाइन बनेको थियो । ग्वान्तानामो बे जेलमा अवैध आप्रवासीहरूलाई राख्न ३०० जना सहयोगी कर्मचारी पनि खटाइएको छ । आवश्यक परेमा, यसलाई बढाउन पनि सकिने बताइएको छ ।

सम्बन्धित समाचार