रुपन्देहीमा करेन्ट लागेर युवकको मृत्यु

19.3k Shares

बुटवल ।  रुपन्देहीमा  करेन्ट लागेर युवकको मृत्यु भएको छ । जिल्लाको सियारी गाउँपालिका–७ वन गाई बस्ने १८ वर्षीय राजेश यादवको शुक्रबार करेन्ट लागेर मृत्यु भएको हो ।  

आफ्नै घरमा रहेको मोटर मर्मत गर्ने क्रममा विद्युतीय तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका उनको  भैरहवामा उपचारको क्रममा मृत्यु भएको  छ । 
 

सम्बन्धित समाचार